0
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुका मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद् बैठक नियमित भए पनि बाढी र पहिरो पीडितलाई लक्षित गरेर केही महत्वपूर्ण निर्णय हुन सक्ने बताएको छ । मन्त्रिपरिषद् बैठक आज बोलाए पनि निर्णय भने २४ घण्टापछि मंगलबार सार्वजनिक हुने बताएको छ ।