प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन १० करोड २५ लाख जम्मा

0 Shares

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन १० करोड २६ लाख सहयोग जम्मा भएको छ ।

कोषका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईएमई ग्रुपबाट पाँच करोड हस्तान्तरण भएको छ ।

यसैगरी नेपाल बैंक लिमिटेडबाट दुई करोड, निर्माण व्यवसायी विकास परिषदबाट एक करोड, एनएमबी बैंकबाट ५१ लाख, नेपाली कांग्रेसबाट ५० लाख, नेकपा एमालेबाट ५० लाख, नेपाल इन्स्योरेन्सबाट ५० लाख र मेटलाइफ इन्स्योरेन्सबाट २५ लाख सहयोग प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट जनधनको क्षति भएपछि पीडितका लागि कोषमा सहयोग प्राप्त हुने क्रम जारी रहेको छ ।

सम्बन्धित समाचार