मामाले करणी गर्दा बालिका गर्भवती, सुत्केरी हुन नसकेपछि उद्धार

0 Shares

काठमाडौँ । जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी १५ वर्षीय किशोरीको उद्धार गरिएको छ ।

जिल्लाको पूर्वी-उत्तरी भेगको बूढीनन्दा नगरपालिका ९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्य स्थिति जटिल भएपछि जिल्ला अस्पतालले उनलाई सुविधा सम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनको उद्धार गरिएको हो ।

हाड नाता करणीको अभियोगमा किशोरीका मामालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार