दुई दिनको बाढी पहिरोमा परी २२४ जनाको मृत्यु, २४ बेपत्ता

0 Shares

काठमाडौँ । असोज ११ र १२ गतेको काठमाडौँ परेको भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानले २१ जिल्ला प्रभावित भएका छन् । उक्त अवधिमा बाढी र पहिरोमा परी २२४ जनाको मृत्यु भएको छ ।

मंगलबर प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराइएको हो ।

सोही घटनामा परी २४ बेपत्ता भएका छन् भने १५८ घाइते भएको प्रधानमन्त्रीले जनाए । उच्च जोखिममा रहेका चार हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले बाढी, पहिरो र डुबानबारे जानकारी दिएका थिए ।

प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलन सक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताए ।

मुख्यसचिव अर्यालले प्रस्तुत गरेको विवरणमा काभ्रेपलञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला बढी प्रभावित भएका छन् ।

सम्बन्धित समाचार