सिन्धुपाल्चोक केन्द्रबिन्दु बनेर भूकम्पको धक्का

0 Shares

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनेर आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर २१ मिनेटमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको छ । भूकम्पको धक्का ३.६ म्याग्निच्युड मापन गरिएको छ ।

यसअघि गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सम्बन्धित समाचार