होटलमा एमाले सचिवालय बैठक बस्दै

0 Shares

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बबरमहलको होटल बसेरामा सुरु भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यालय बाढीले डुबाएपछि बैठक होटलमा राखिएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै हालैको बाढी पहिरो, राहत तथा उद्धारबारे समीक्षा हुने उनको भनाइ थियो । बैठकमा पार्टीको भावी रणनीतिबारे पनि छलफल हुनेछ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक जारी छ ।

 

सम्बन्धित समाचार