प्रधानमन्त्री सहित मन्त्रीले एक महिनाको तलब बाढी पीडितलाई सहयोग गर्ने

0 Shares

काठमाडौं  । सरकारले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा एक अर्ब रुपैया दिने निर्णय गरेको छ । सोमबार राती बसेको मन्त्रिपरिषद् बैठकले कोष निर्माण गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस्तै मन्त्री गुरुङले कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने बताए । यस्तै बाढी पहिरोमा ज्यान गुमाउने परिवारलाई प्रति व्यक्ति दुई लाख रुपिँया दिने निर्णय भएको छ ।

 

सम्बन्धित समाचार