भाटभटेनीका मिनबहादुरले दिए बाढी पहिरो पीडितलाई एक करोड सहयोग

0 Shares

काठमाडौं  ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले बाढी पहिरो र डुबान पीडितको सहयोगार्थ एक करोड ११ लाख रुपैयाँ प्रदान गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अमेरिकाबाट फर्किएपछि व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेटेर सहयोग ग्रहण गरेका हुन् । गुरुङले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिएका हुन् ।

उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको भन्दै प्रधानमन्त्रीले गुरुङको परिवारलाई धन्यवादसहित सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिरसहित सार्वजनिक गरेका छन् ।

सम्बन्धित समाचार