नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुक फलोर्समा टपेका छन् । प्रधानमन्त्री भएकै बेला ओलीलाई भन्दा प्रचण्डलाई पछ्याउने बढेका हुन् ।
प्रचण्डलाई सामाजिक सञ्जाल फेसबुकमा पछ्याउने सोमबारसम्म ६ लाख १० हजार पुगेका छन् । तर, ओलीलाई जम्मा ६ लाख ९ हजारले मात्रै पछ्याएका छन् । केही समय अघि ओलीका फलोर्स ६ लाख ७२ हजार थिए । त्यसपछि घटेर ५ लाख ९६ हजार झरेको थियो ।
गत भदौमा मेयर बालेन शाहले आफ्नो आधिकारिक फेसबुक पेजमा प्रदेश सांसद रेखा कुमारी शर्मालाई कारबाही गर्न प्रधानमन्त्री ओलीलाई अनुरोध गरेका थिए । इन्टरनेटमा उक्त पोस्टले निकै चर्चा पाइरहेको थियो । त्यसपछि एकाएक बालेनको पेजबाट उक्त पोस्ट गायब भयो ।
यही विषयलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका थिए । बालेन सचिवालयले भने पोस्टमा अत्यधिक रिपोर्ट आएपछि फेसबुकले हटाइदिएको प्रतिक्रिया दियो । त्यसपछि प्रधानमन्त्री ओलीलाई अनफलो गर्ने अभियान तीव्र भएको हो ।