काठामडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नदी र खोलाको तटिय क्षेत्रका समुदायलाई सर्तकर्ता अपनाउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष प्रचण्डले विपतबाट जोखिन सतर्ककर्ता अपनाउन आग्रह गरेका हुन् ।
अध्यक्ष प्रचण्डले रिन्तर झरी वर्षा भएकाले प्रकृतिक प्रकोपबाट जोखिन सुझाव दिएका छन् । ‘लगातारको भारी बर्षाका कारण खोला र नदीका किनारमा पानीको सतह बढिरहेको छ। पानीको बहावले प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भएकोले नदी किनारा, तटीय क्षेत्र र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु’ उनले आग्रह गरेका हुन् ।
अध्यक्ष प्रचण्डले राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत्रलगायत सबैमा जनताको दुःखमा हातेमालो गर्न हार्दिक अपिल गरेका छन् । पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई कठिन समयमा जनसेवामा जुट्न निर्देशित उनले निर्देशन दिएका छन् । उनले भनेका छन्, ‘साथै हवाई तथा स्थल यातायातमा सतर्कता अपनाउन पनि आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’