काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भारी अंकले ओरालो लागेको छ । आज परिसूचक ३२ दशमलव ८१ अंकले ओरालो लागेर दुई हजार ४८६ दशमलव ७६ मा सीमित भएको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३४ अंकले ओरालो लागेर ७४७ दशमलव ४५ मा सीमित भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ ।
कूल एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर चार अर्ब ८४ करोड १४ लाख सात हजार ७२० मूल्यमा खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार विन नेपाल लघुवित्त नौ दशमलव ८५, बोटलर्स नेपाल बालाजु पाँच दशमलव शून्य छ, एसबिएल डिवेञ्चर पाँच दशमलव शून्य पाँच र एनआइसी एसिया डिवेञ्चर चार दशमलव ५६ प्रतिशतले कमाएका छन् ।
ग्रीन भेञ्चर्स १०, दोर्दी खोला हाइड्रोपावर सात दशमलव ६९, अपि पावर कम्पनी सात दशमलव ४६, थ्री स्टार हाइड्रोपावर छ दशमलव ७३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।