0
Shares
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी संगठन (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार आजदेखि नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चार दिनसम्म सञ्चालन हुने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा दुई हजार ३२३ प्रतिनिधि सहभागी छन् । सम्मेलनले ३३ पदाधिकारीसहित २४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ ।
नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुने अध्यक्ष सिंहले जानकारी दिए ।