रूखमा ओत लाग्दा चटयाङ लागेर दुई जनाको मृत्यु

0 Shares

काठमाडौँ । कञ्चनपुरमा चटयाङ लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार चटयाङ लागेर दोधारा चाँदनी नगरपालिका ६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका १ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो ।

चटयाङ लागेर दोधारा चाँदनी ६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन् । रुखमा ओत लाग्ने क्रममा चटयाङ लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार