गाउँ फर्कनेलाई अनुदान- छ महिना खाद्यान्न, एक लाख नगद

0 Shares

काठमाडौँ । आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा पर्वतको महाशिला गाउँपालिकाले एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ ।

गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको पालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिए । पालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागु गरेको हो ।

गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उनको भनाइ थियो । गाउँ फर्केकालाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यको भरणपोषका निम्ति पालिकाले खाद्यान्न उपलब्ध गराउने छ ।

चामल, दाल, तेल, तरकारीसम्म अनुदान दिइने उनले बताए । उनका अनुसार एक वर्षमा यो पालिकाबाट ९३ परिवारका ३२५ जना बसाइँ सरेका छन् ।

सम्बन्धित समाचार