0
Shares
काठमाडौँ । दशैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी शनिबार अर्थात असोज १२ गतेदेखि खुल्ने भएको छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले यसबारे निर्णय गरेको हो ।
यसअघि भौतिक मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि सडक मर्मत सम्भार गर्न निर्देशन दिएको थियो । यस्तै, चाडबाडपछि भाडा समायोजन गर्नेसहित सहमति भई अग्रिम बुकिङ खुलाउने सहमति भएको थियो ।
सहमतिअनुसार विभागले अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।
*यसअघिको गलत तस्विर परेकाले क्षमा चाहन्छौँ- स.