रविन्द्र मिश्रलाई प्रचण्डले भने- उहाँले ममाथि राजनीति गर्नु भयो

0 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवीन्द्र मिश्रले आफूलाई प्रशंसा गरेको कि आलोचना बुझ्न नसकेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्रले संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको बताएका थिए ।

‘उहाँलाई मैले यहाँ पस्दै गर्दा प्रशंसा गर्नु भएको कि आलोचना गर्नु भएको ? बुझ्नै सकिएन भनेको थिएँ, उहाँले अस्ति मैले झट्ट देखेको थिएँ, उहाँले दरबार मार्गको नाम पनि कांग्रेस र एमालेले प्रचण्ड मार्ग राखे हुन्छ भन्नु भयो, यो कांग्रेस, एमाले र प्रचण्डको बीचमा लडाइँ पार्न खोजेको हो कि मलाई त्यो महसुस भयो, त्यो विचार राख्ने मान्छेले प्रचण्डलाई महत्व पक्कै दिनु भएको होइन, उहाँले राजनीति गर्नु भएको हो, त्यो स्वतन्त्रता तपाईंलाई छ,’
त्यही कार्यक्रममा बोल्दै प्रचण्डले भने ।

यस क्रममा प्रचण्डले यो संविधान प्रचण्डको नभएर जनताको संविधान भएको बताए । प्रचण्डले संविधानसभाको निर्वाचन गराउने र बनाउनेमा आफ्नो भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

 

सम्बन्धित समाचार