0
Shares
काठमाडौँ । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदनमा २९ जनालाई फरार सूचीमा राखिएको छ ।
नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक भएसँगै फरार सूची पनि उल्लेख गरिएको हो ।
समितिले तयार पारेको प्रतिवेदनमा गोर्खा मिडियाका मालिक जीबी राईदेखि कांग्रेस उपसभापति धनराज गुरुङकी श्रीमतीसमेत रहेकी छन् ।
फरार सूचीमा रहेका उनीहरुलाई उपलब्ध गराइदिन समितिले सरकारलाई निर्देशन दिइएको थियो । फरारको सूचीमा जीबीसहित भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, कांग्रेस उपसभापति गुरुङकी पूर्व श्रीमती ज्योति गुरुङलगायत रहेका छन् ।
