0
Shares
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको नयाँ मिति तय भएको छ । असोज २ गतेदेखि ५ गतेसम्म हुने भनिएको सम्मेलन सरेसँगै नयाँ मिति तोकिएको हो ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीका अनुसार सम्मेलन असोज १० देखि १४ गतेसम्म बस्ने गरी नयाँ मिति तय भएको हो । अखिल क्रातिकारीको पदाधिकारी बैठकले नयाँ मितिको टुङ्गो लगाएको उनको भनाइ थियो ।
अहिले अखिल क्रान्तिकारीका प्रदेश, जिल्ला र इकाईमा सम्मेलन भइरहेको छ ।