कारागारमा युवकको मृत्यु, १४ वर्षीय प्रेमिका पक्राउ

0 Shares

काठमाडौँ । कैलाली कारागारमा युवकको मृत्युको घटनामा प्रहरीले १४ वर्षीय किशोरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

गत ३१ भदौमा शौचालयमा लडेको अवस्थामा भेटिएका घोडाघोडी नगरपालिका ४ का २२ वर्षीय दिपक विकको उपचारका क्रममा मृत्यु भएको थियो । सोही घटनाको अनुसन्धान गर्न प्रहरीले उनकी प्रेमिका भनिएकी १४ वर्षीया किशोरीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ती किशोरीलाई जबरजस्ती करणी गरेको मुद्दामा दिपक पुर्पक्षका लागि जेलमा रहेका थिए । यसै क्रममा विकले सलपास नामक विषादी सेवनबाट मृत्यु भएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

उक्त विषादी प्रेमिका भनिएकी १४ वर्षीय किशोरीले विकलाई दिएकी थिइन् । प्रहरीका अनुसार विकको ३४ पृष्ठ लामो सुसाइड नोटसमेत लेखेको फेला परेको छ । जसमा अर्को जुनीमा रमाउने’ उल्लेख गरिएको छ ।

जेल जीवन बिताइरहेका विकलाई किशोरी श्रीमतीका रुपमा भेट्न जाने गरेकी थिइन् । यसै क्रममा गत २६ भदौमा विकलाई भेट्न कारागार पुगेकी किशोरीले विषाद दिन सफल भएकी थिइन् ।

सम्बन्धित समाचार