गरिमा क्यापिटलटमा खाता खोल्दा स्मार्ट वाच जित्ने अवसर

0 Shares

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले ‘बम्पर दशैँ तिहार अफर’ सञ्चालनमा ल्याएको छ । क्यापिटलले ‘हरेक नेपाली शेयर धनी’ भन्ने नाराका साथ दशैँ, शुभ तथा दिपावलीसहित छठ पर्व २०८१ को उपलक्ष्यमा यो योजना सार्वजनिक गरेको हो ।

यो योजनाअन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरो शेयर खाता खोल्दा, लक्की ड्रमार्फत भाग्यशाली तीन जना ग्राहकले स्मार्ट वाच जित्न सक्ने छन् । यसका लागि असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म क्यापिटलमा नयाँ डिम्याट र मेरो शेयर खाता खोल्नु पर्नेछ ।

ग्राहकले यो अफरअर्न्तगत खाता खोल्न कमल पोखरी, काठमाडौँस्थित क्यापिटलको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैँभरका सम्पूर्ण शाखा कार्यालय र क्यापिटलको वेवसाइटमार्फत बिना झन्झट घरमै बसेर खाता खोल्न सकिने जनाइएको छ ।

सम्बन्धित समाचार