सहकारी ठगीसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, रविमाथि के होला ?

0 Shares

काठमाडौँ । सरकारले सहकारी ठगीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ । यसका लागि सरकारले सम्बन्धित मन्त्रालय र निकायले पठाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले समितिले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालय र निकायलाई यसबारे कारबाही गर्न आग्रह गरेका हुन् ।

सहकारी छानबिन समितिले सोमबार मात्रै संसदमा आफ्नो प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदनलाई आधार बनाएर सभामुखले आवश्यक कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।

संसदीय विशेष समितिले सूर्य दर्शन, सुप्रिमलगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको निष्कर्षसहित जीबी राई, कुमार रम्तेलर, रवि लामिछाने र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

लामिछाने पूर्वप्रधानमन्त्री तथा गृहमन्त्री हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् । यसअघि उनी गोर्खा मिडिया प्रा.लि.का १५ प्रतिशत शेयरसहित लगानीकर्ता थिए ।

 

सम्बन्धित समाचार