0
Shares
काठमाडौँ । बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको आशंकामा एक जना पक्राउ परेका छन् ।
सोही ठाउँकी ३९ वर्षीया मीना थारुको हत्या आरोपमा वडा नम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु (पप्पु) पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गएराति उनलाई पक्राउ गरेको हो ।
उनले मीनाको घरमै गएर टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए । उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा चिकित्सकले मृत घोषणा गरिदिएका थिए ।
हत्यापछि फरार भएका थारुलाई प्रहरीले सिटीबरेली क्षेत्रबाट पक्राउ गरेको छ । हत्याको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।