लगातार नेप्सेमा भारी गिरावट, कारोबार रकम पनि खुम्चियो

0 Shares

काठमाडौँ । साताको दोस्रो कारोबार दिन पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार ५० अंकले घटेको नेप्से परिसूचक आज ५७ दशमलव ०३ अंकले घटेको हो ।

नेप्से परिसूचक दुई दशमलव १६ प्रतिशतको गिरावटपछि आज दुई हजार पाँच सय ८० दशमलव ७६ को बिन्दुमा झरेको छ । परिसूचक करिब दुई महिनापछि दुई हजार पाँच सयको बिन्दुमा ओर्लिएको हो ।

आज कूल ३१२ कम्पनीका एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता सेयर ९२ हजार आठ सय १५ पटक खरिद बिक्री हुँदा सात अर्ब ३६ करोड १९ लाख ८८ हजारको कारोबार भएको छ ।

आजको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै घट्नेमा गुडविल फाइनान्स लिमिटेड रहेका छ । यो कम्पनीको सेयर मूल्य नौ दशमलव ९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३१ करोड ११ लाख ४९ हजार सात सय ३६ बराबरको कारोबार भएको छ ।

सम्बन्धित समाचार