‘हिंसा’ शब्दमा विवाद हुँदा संसद बैठक स्थगित

0 Shares

काठमाडौँ । हिंसा शब्दको विवादका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

एमाले सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द संसद्को रेकर्डबाट नहटाए सदन अवरोध गर्ने माओवादीको अडानका कारण आइतबार बोलाएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

आइतबार दिउँसो १ बजे बोलाएको बैठक दलहरुबीच सहमति खोज्ने भन्दै सवा ३ बजेका लागि सारिएको थियो । तर, सहमति खोज्ने प्रयास असफल भएपछि बैठक सूचना टाँसेर सोमबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

माओवादी हिंसा शब्द संसदीय कि असंसदीय भन्ने विवादका कारण यसअघिको संसद बैठक पनि अवरुद्ध भएको थियो । माओवादी केन्द्रले सशस्त्र युद्धलाई अपमानित गर्ने गरी एमालेका सांसद भट्टराईले माओवादी हिंसा शब्द प्रयोग गरेको आरोप लगाएको छ ।

 

सम्बन्धित समाचार