प्रधानमन्त्री ओलीबाट होटल लेमन ट्रिको उद्घाटन

0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको उद्घाटन गरेका छन् ।

साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित एक सय दुई श्यैयायुक्त होटलको प्रधानमन्त्री ओलीले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको सुनाए ।

प्रधानन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढंगले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरु जनतालाई दिन सरकार अग्रसर रहेको स्पष्ट पारे ।

“तपाई व्यवसायीहरुले निर्वाध रुपमा व्यवसायिक काम गर्न सक्नु हुन्छ, काम गर्नका लागि कहीँ कतै नजराना बुझाउनु पर्दैन, सरकारी निकायमा हुनु पर्ने कामको फाइल रोकिँदैन, कुन फाइल कहाँ पुगेर किन अड्किएको छ,’ प्रधानन्त्री ओलीले भने ।

 

सम्बन्धित समाचार