काठमाडौँ । श्रीमान्–श्रीमतीको सम्बन्ध सबैभन्दा नजिकको र गहिरो सम्बन्ध हो । यो सम्बन्ध जति बलियो हुन्छ, वैवाहिक जीवन त्यति नै सुखद हुन्छ । साथै जीवनमा कम समस्या–तनाव र अधिक सफलता प्राप्त हुनेछ ।
पति–पत्नीले एकअर्काको बलियो साथ पाएपछि जीवनका ठूलठूला चुनौती पनि साना लाग्छन् । र सफलता पाउन कठिन हुँदैन ।
कसरी बनाउने दाम्पत्य जीवन सुखी ?
सुखी दाम्पत्य जीवन कायम राख्न चुनौती जस्तो लाग्न सक्छ । वैवाहिक जीवनका लागि आपसी प्रेम, प्रतिबद्धता र एकअर्काको बलियो साथ आवश्यक हुन्छ। तर साँच्चै खुसी र सफल दाम्पत्य जीवनका लागि पति र पत्नीबीच समान सम्मान पनि उत्तिकै जरुरी हुन्छ।
गोटम्यानको पुस्तकका अनुसार सफल दाम्पत्य जीवनका लागि यी हुन् प्रमुख आधार
–एकअर्कामा गहिरो विश्वास
–एकअर्काको विचारको सम्मान
–आफ्नो पार्टनरलाई सधैं प्रोत्साहन
–आफ्नो पार्टनरलाई कहिले कुनै कुरा नलुकाउने
–सधैँ आफ्नो प्रेम र कृतज्ञता व्यक्त गर्ने
–स्पष्ट र खुला संवाद गर्ने
–कहिले बहसमा नउत्रिनुहोस् र माफी माग्नुहोस्
–सम्बन्धमा निर्भरता र आत्मनिर्भरताको सन्तुलन मिलाउने
–जीवनमा आफ्नो परिवार र सम्बन्धलाई पहिलो प्राथमिकतामा राख्ने
–पैसालाई बुद्धिमानीपूर्वक प्रयोग गर्नुहोस्, तर धन र सफलताको पछि नलाग्नुहोस्। एजेन्सी