ओलीले गरे सुवास नेम्वाङको नाममा प्रतिष्ठान बनाउने घोषणा

0 Shares

काठमाडौँ
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको नाममा प्रतिष्ठान बनाउने घोषणा गरेका छन् । नेम्वाङको निधन भएको एक वर्ष पुगेको उपक्ष्यमा बुधबार आयोजित स्मृति सभामा बोल्दै ओलीले नेम्वाङले संविधान घोषणा गर्न महत्वपूर्ण भुमिका खेलेको उल्लेख गरे ।

ओलीले सुवास नेम्वाङको नाममा प्रतिष्ठानको बारेमा शुक्रबार बस्ने सचिवालय बैठकले निर्णय गर्ने जानकारी दिए । ‘हामी सचिवालय बैठक बस्दै छौं । सबै तयारी गरी सकेका छौं । कुन मोडलमा कसरी प्रतिष्ठान बनाउने सबै त्यतिबेला निर्णय हुने छ’ उनले भने, ‘विगतमा माधव नेपाल पुष्पलाल प्रतिष्ठान अध्यक्ष हुँदा उतै लिएर गए । त्यस्तो बनाउनु हुँदैन । जसको प्रतिष्ठान बनाएको छ त्यो सबैको स्वीकार्य हुने गरी बनाउनुपर्छ ।’ ओलीले पार्टी नेताको नाममा बनाएका प्रतिष्ठानलाई पुनः सक्रिय बनाएर जाने जिकिर गरे ।

नेम्वाङको निधन भए पनि जनताले पछिसम्म सम्झिने गरी काम गरेको ओलीको भनाई थियो ।

 

सम्बन्धित समाचार