करोडौँ ठगीको आरोपमा कलाकार इकु पक्राउ

0 Shares

काठमाडौँ । इकु उपनामले चर्चित कलाकार सुलेमान शंकर अर्थात सूर्यमान शंकर पक्राउ परेका छन् । कलाकारको भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार बुढानीलकण्ठबाट उनलाई पक्राउ गरेको हो । ४० वर्षीय इकुले विदेशमा हुने कार्यक्रकमा गैर कलाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपमा लैजाने भन्दै ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

यस क्रममा उनले एसएमएस फिल्म प्रा.लि.को नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति २० लाख रुपैयाँसम्म जम्मा गर्न लगाएका थिए ।

पक्राउ परेका उनीविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

सम्बन्धित समाचार