0
Shares
काठमाडौँ । छोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । करिब २३ महिनाकी छोरी पृन्सिका भण्डारीको हत्या गरी खोलामा फालेको आरोपमा २१ वर्षीया प्रमिलालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार प्रमिलाले छोरीलाई कुटपिट गरेर बेहोस भएपछि खोलामा फालेको खुलेको छ । साउन २७ गते कुटपिट गरेर खोलामा फेलेपछि उनले खोजीका लागि प्रहरीमा निवेदन दिएकी थिइन् ।
साउन २८ गते पृन्सिका ठोस्ने खोलामा रुखको हाँगामा अड्किएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रमिलालाई सोमबार पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा उजुरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको हो ।