रेडियो नेपालको कार्यकारी अधिकृतमा अमरध्वज लामा नियुक्त

0 Shares

काठमाडौं
रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । े बिहीबार बसेको मन्त्रिपरिष् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले बताए ।

मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित तीन जनलाई सिफारिस गरेपछि लामा नियुक्त भएका हुन् । लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर स्वैच्छिक अवकाश लिएका थिए । साढे २ वर्ष अघि बरिष्ठ कार्यक्रम अधिकृतबाट अनिवार्य अवकाश लिएका थिए ।

 

सम्बन्धित समाचार