एमाले ०८४ सालमा एक्लै चुनाव लड्छ – ओली

0 Shares

काठमाडौं
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ मा हुने निर्वाचनमा एमाले एक्लै लड्ने बताएका छन् । मंगलबार सुरु भएको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने उद्घोष गरेका हुन् ।

ओलीले एमाले राष्ट्रिय शक्ति भएकाले चुनावमा तालमेल गर्नुको राम्रो नह्ुने उल्लेख गरे । ‘नेकपा एमाले ०८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन । एक्लै लड्छ । बरु त्यसपछि नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिन्छ’, बैठकमा ओलीले गरेको ब्रिफिङ उधृत गर्दै एक पोलिटब्युरो सदस्य राजन्द्र गौतमले भने ।

अध्यक्ष ओलीले मिसन ०८४ को तयारी गर्न पनि नेताहरूलाई निर्देशनको गौतमले बताए । त्यसका लागि पार्टीका राजनीतिक सांगठानिक कामलाई चुस्त दुरुस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नुपर्ने ओलीको भनाइ थियो । ‘संगठनहरु चुस्त दुरुस्त हुनुप¥यो, प्रदेश कमिटीहरू राम्रोसँग चल्न सकेका छैनन्, माथिको आदेश कुरेर बसेर मात्रै हुँदैन’, ओलीले भने, ‘ग्राउण्डमा योजना बनाएर अघि बढ्नुप¥यो र बनेका योजनाहरू कार्यान्वयनमा लैजानुप¥यो ।’

 

बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना पेस गरेका थिए । उक्त कार्ययोजनामाथि बुधबारको बैठकमा छलफल गरेर निर्णय गर्ने एमालेको तयारी छ । बैठकमा सरकारका कामकारबाहीबारे पनि ओलीले धारणा राखेका थिए ।

 

सम्बन्धित समाचार