देउवाले गगन र विश्वप्रकाशलाई बुढानीलकण्ठ बोलाएर छलफल गर्दै

0 Shares

काठमाडौँ
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक अघि पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नै निवास बोलाएर छलफल गर्न लागेका छन् । देउवाले गत मङ्गलवार बिहानै देउवाले बुढानीलकण्ठ गगन र विश्वप्रकाश सहित उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई बोलाएर छलफल गरेका थिए । बिहीबार पुनः देउवाले गगन र विश्वप्रकाशलाई बोलाएर छलफल गर्न लागेको देउवा निकट एक नेताले बताए ।

काँग्रेस बैठक भदौ १६ गते हुने लागेकाले बैठक अघि दुई नेतालाई बोलाएर सहमति जुटाउन देउवाले छलफल गर्न लागेका हुन ।
विश्वप्रकाशको एक्जी पोलीसी र निर्वाचन अघिको गठबन्धन गर्न हुने प्रस्ताव ल्याएका छन् । उनले ल्याएको ल्याएको प्रस्तावमा एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसद मात्रै हुन पाउनुपर्ने छ । यस्तै अर्का महामन्त्री गगनकुमार थापाले काँग्रेसले रूखमा भोट हाल्न पाउने ग्यारेन्टी सहितको प्रस्ताव ल्याएपछि देउवा सहमति जुटाउन प्रयास गरेका छन् ।

यी दुई विषयमा विवाद हुँदा साउन साउन २३ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक साउन २८ देखि भदौ ७ गतेसम्म बैठक स्थगन भएको थियो । भदौ ७ मा बसेको बैठकमा पनि सहमति नजुटेपछि १२ गते सम्मका लागि बैठक स्थगन गरिएको थियो । पुन अहिले भदो १६ गतेका लागि सारिएको छ ।

 

काँग्रेसले केही समय अघि ललितपुरको गोदावरीमा आयोजना गरेको महासमिति बैठकको प्रस्ताव पास गराउन अहिले केन्द्रीय समिति बैठक बोलाएको हो । तर‚ विवादका कारण महासमितिमा प्रस्तुत प्रतिवेदनहरू पारित हुन सकेका छैनन् ।

 

महासमितिमा उपसभापति खड्काले नीति प्रस्ताव‚ महामन्त्री थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यी प्रतिवेदनहरू पास भएका छैनन् । महासमितिमा पनि एक्जीट पोलीसी र चुनाव अघिको गठबन्धनमा विवाद हुँदा केन्द्रीय समितिले प्रतिवेदन पारित गर्ने गरी बैठक समापन भएको थियो । सोही विषय केन्द्रीय समितिमा पनि विवादमा परेको हो ।

सम्बन्धित समाचार