काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार पाँच सय तोकिएको छ ।
अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला एक लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सयले बढेर नयाँ उचाइमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २२ हजार नौ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २२ हजार चार सय थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार ४४० तोकिएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रति औँस दुई हजार १२६ डलर आसपास कारोबार भइरहेको छ ।