काठमाडौँ
समाजवादी मोर्चा नेपालले विपक्ष मोर्चालाई बलियो बनाउने गरी संघर्षका कार्यक्रम ल्याउने भएको छ । सोमबार मोर्चाको सचिवालय बैठक बसेर भावी योजना र कार्यक्रम ल्याउन लागेको हो ।
गत साउन १ गते मोर्चाको बैठक बसेर चार पार्टीबाट दुई÷दुई जना रहने गरी सचिवालय गठन गरेको थियो । उत्त सचिवालय बैठकले भावी योजना र रणनीतिको प्रस्ताव तयार गरेको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए । एक पटक शीर्ष नेतृत्वसँग छलफल गरेपछि प्रस्ताव मोर्चालाई बुझाउने विश्वकर्माले बताए । सत्ताबाट बाहिरिए पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मोर्चालाई सक्रिय बनाएका हुन । मोर्चामा छलफल गर्दै जाँदा सबै मिले एकता गर्ने तयारी गरिएको छ ।