अभिनेत्री अरुणिमाले गरिन् विवाह

0 Shares

काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल विवाह गरेकी छन् । उनले धरान चतरा घर भएका युवराज श्रेष्ठसँग विवाह गरेकी हुन् ।

बत्तीसपुतलीको राम मन्दिरमा उनीहरूबीच विवाह सम्पन्न भएको हो । अमेरिकामा बस्दै आएकी अरुणिमा करिब एक महिनाअगि स्वदेश फिर्ता भएकी थिइन् । विवाहपश्चात उनी अमेरिका फर्किने छिन् ।

अरुणिमाको यो दोस्रो विवाह हो । यसअघि विराटनगरका अमित अर्यालसँग उनको प्रेम विवाह भएको थियो ।

विवाहको ६ वर्षपछि पहिलो सन्तानका रुपमा छोरी पाएकी अरुणिमा अमेरिका पुगेसँगै सम्बन्ध विच्छेद भएको थियो ।

सम्बन्धित समाचार