मोरङमा शौचालय गएकी १५ वर्षीया किशोरीको हत्या

0 Shares

काठमाडौँ । मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया बालिकाको हत्या भएको छ ।

पथरीशनिश्चरे नगरपालिका-७ लामाटोलस्थित मामाको छोरा दाज विनोद राईको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्या भएको हो ।

बालिकाको घर भने खोटाङको अ‍ैसेलुखर्क-६ मा हो । दुई वर्षदेखि दाजुको घरमा बसिरहेकी उनी पथरी मै रहेको पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । विनोद नास्ता पसल सञ्चालन गर्छन् । पसलमा सहयोग गर्दै उनी पढ्दै आएकी थिइन् ।

प्रहरीका अनुसार सोमबार राति साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

हत्याको कारण र संलग्नको पहिचान भने भएको छैन ।

सम्बन्धित समाचार