सत्ता परिवर्तन भएपछि केपी ओलीले भने- नदीले छुट्याउँछ, हामी पुल बनाएर जोड्छौँ

0 Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नदीले दुई किनारालाई छुट्याए पनि पुल बनाएर जोड्ने काम भएको बताएका छन् । उनले सोमबार भएको राजनीतिक परिवर्तनलाई लक्षित गर्दै यस्तो भनेका हुन् ।

२०७९ को आम निर्वाचनपछि राननीतिक सहकार्य गर्ने भन्दै नेकपा माओवादी केन्द्रसँग सत्ता गठबन्धन गरेको थियो । त्यसको ६६ दिनपछि सत्ता गठबन्धन परिवर्तन भई नेपाली कांग्रेस-माओवादीसहित पाँच दलीय गठबन्धन भएको थियो ।

तर, हिजो सोमबार एक वर्षपछि कांग्रेस-माओवादीको सहकार्य टुंगिएको छ । नयाँ राजनीतिक कोर्ष परिवर्तन भएसँगै अध्यक्ष ओलीले मंगलबार बिहानै आफूहरूले पुल बनाएर जोड्ने काम गरेको संकेत गरे ।

‘शुभ बिहानी ! नदीले छुट्याउँछ, हामी पुल बनाएर जोड्छौँ, एक वर्षअगाडिको यो तस्बिरले सम्झायो,’ उनले भने ।

ओलीले भनेको जस्तै एमाले-माओवादीको सहकार्य छुट्टिएको एक वर्षपछि मिलन भएको हो ।

सम्बन्धित समाचार