मंगलबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा

0 Shares

काठमाडौं । आगामी मंगलबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएको छ । उक्त सूचनाअनुसार गत वैशाख १७ गते बसेको कर्णाली सरकार मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो ।

भदौ ४ गते मंगलबार कर्णाली प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरू बन्द रहने छन् । यसैबीच कर्णाली प्रदेश सरकारले तीन दिनसम्म सहिद दिवस मनाउने तालिका सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार