सिन्धुलीमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

0 Shares

काठमाडौं । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा चालकसहित ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

तीनकन्याबाट जिल्ला सदरमुकाम जाँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो वीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका ४ मा सडकबाट खसेको हो ।

बोलेरो दुर्घटनामा घाइते भएका चालकसहित गम्भीर घाइते भएका दुई जनालाई थप उपचारको लागि धुलिखेल पठाइएको छ । बाँकी ८ जनाको सिन्धुली जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

सम्बन्धित समाचार