डोटीमा भीरबाट लडेर किशोरीको मृत्यु

0 Shares

काठमाडौं । डोटीमा भीरबाट लडेर रुपा साउदको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका ९ मसुन्तोलाकी १७ वर्षीया साउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर बुधबार निधन भएको हो ।

भीरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते भएकी साउदको उपचारका लागि जिल्ला अस्पताल डोटी लैँजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार