0
Shares
सिन्धुली । पहिरोले मध्ये पहाडी लोकमार्ग अवरुद्ध भएको छ । पहिरोले सिन्धुलीको खुर्कोट–घुर्मी सडक खण्ड अवरुद्ध भएको हो ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ अक्करे भीरमा अविरलसँगै पहिरोसहित लेदोका कारण सडक अवरुद्ध भएको हो । बिहीबार बिहान पौने ६ बजेदेखि दुवैतर्फको सडक अवरुद्ध भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए ।
अवरुद्ध खडक खुलाउन इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी ग्वाल्टारका प्रहरी उक्त स्थानमा पुगिसकेको काफ्लेले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा पहाडी जिल्लाहरु खोटाङ, ओखलढुंगा, सोलुखुम्बुबाट राजधानी काठमाडौंसम्म आवतजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।