सशस्त्र प्रहरी बलका प्रमुख डीएसपीको शव फेला

0 Shares

काठमाडौं । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी)को शव फेला परेको छ । धनपालथान गाउँपालिका ३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको शव फेला परेको हो ।

बस्याल सोही गाउँपालिकाको सोराभाग स्थित गुल्मका प्रमुख थिए । कार्यालय परिसरमा रहेको क्वार्टरमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बस्यालको मृत्युको कारण खुलेको छैन । प्रहरीले सोमबार दिउँसो शव फेला पारेपछि अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित समाचार