साउनको अन्तिम सोमबार: पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्विरहरू)

0 Shares

काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो ।

साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ ।

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ ।

पशुपतिनाथ मन्दिर परिसरमा पूजा आराधना गर्दै भक्तजन ।

यसैगरी, आज काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।

पशुपतिनाथ मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्न आएका भक्तजन मन्दिर परिसरको भजनकीर्तनमा नृत्य प्रस्तुत गर्दै ।

 

साउनको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने आएका भक्तजनको भीड ।

पशुपतिनाथ मन्दिर परिसरमा सोमबार पूजा आराधना गर्दै भक्तजन

 

 

सम्बन्धित समाचार