नेपाल इन्जिनियर एशोसिएसनः संस्थाको विधान विपरीत निर्वाचन हुँदै

0 Shares

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको भाद्र २८ गते हुने ३४ औँ केन्द्रीय कार्य कारिणी तथा सबै प्रदेशमा तेस्रो प्रदेश समितिका लागि हुने निर्वाचन प्रक्रिया संस्थाको विधानविपरीत हुन लागेको हो ।

निर्वाचन कार्य तालिकाअनुसार साउन १८ गतेभित्र मनोनयन गरिएका उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन भएको छ भने यही २६ गतेभित्र मनोनयन उपर दाबी विरोधको समय तोकिएको छ ।

नेपाल इन्जिनियर्स एसोसिएसन, संघसंस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा दर्ता भएको गैर सरकारी तथा गैर राजनितिक संस्था हो । मान्यता प्राप्त इन्जिनियरिङ कलेजबाट स्नातक (बि.ई) गरेर इन्जिनियरिङ परिषदबाट लाइसेन्स प्राप्त इन्जिनियरहरु यस संस्थाको सदस्य हुन पाउने प्रावधान छ ।

नेपाल नेपाल इन्जिनियर्स एसोसिएसनको विधान २०७५ मा इन्जिनियर समूदायको भूमिका व्यवस्थित तवरले प्रभावशाली बनाउनुका साथै समूदायको पेशागत हित र समुन्नका लागि संगठित तवरले सामूहिक रुपमा काम गर्न मुनाफारहित संस्थाको नाममा उल्लेख रहेको छ ।

उम्मेदवारले पालना गर्नु पर्ने नियमहरुको नियम ९ बमोजिम उम्मेदवारी मनोनयन दर्ता गर्दा एक जना प्रस्तावक र एक जना समर्थकसहित तोकिएको फारम शुल्क लाग्ने छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षको लागि १० हजार, सहकोषाध्यक्षका लागि ७ हजार र सदस्यका लागि पाँच हजार शुल्क जम्मा गरेको रकमको भौचरसहित संलग्न गरी उम्मेदवारी मनोनयन पत्र दर्ता गर्नु पर्ने हुन्छ ।

निर्वाचनका लागि सत्ता पक्षमा रहेका कांग्रेस–एमाले निकटका इन्जिनियरका संस्थाले आआफ्नो प्यानल खडा गरेका छन् । कांग्रेस पक्षधर सिडेनबाट सुवासचन्द्र बराल र एमाले निकट पिनबाट विष्णुप्रसाद पाण्डे अध्यक्षको उम्मेदवार बनेका छन् ।

माओवादी केन्द्र निकट निओनबाट दीपेश श्रेष्ठ, एकीकृत समाजवादी निकट सिनबाट नन्द बन्जाडे, नेमकिपा निकट इन्जिनियरको संस्थाबाट राजेन्द्रप्रसाद हाडाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचार