चार लाख घुस लिने सर्भेक्षक र खरिदारसहित तीन जनाविरुद्ध मुद्दा

0 Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्भेक्षक सञ्जिव कुमार यादव र आर.बि. लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेलविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले सर्भेक्षक यादव र लेखापढी सेन्टरका सञ्चालक भुजेललाई सेवाग्राहीबाट चार लाख घुससहित पक्राउ गरेर नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नापी कार्यालय ललितपुरका सर्भेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरका खरिदार मोतिराम सुवेदी र लेखापढी सेन्टरका सञ्चालक भुजेलसमेतको मिलोमतोमा जग्गा हालसाविक गर्न गराउनको चार लाख घुस लिइएको देखिएपछि अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको जनाएको छ ।

सम्बन्धित समाचार