अवरुद्ध मुग्लिन सडक एकतर्फी खुल्यो

0 Shares

काठमाडौं । पहिरोका कारण अवरुद्ध मुग्लिन–मलेखु सडक एकतर्फी खुलेको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना ४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । सडकमा ठूलो पहिरो खसेकाले पन्छाउने समय लागेको थियो ।

बाटोमा पहिरो खसेसँगै यात्रुहरूले सास्ती पाएका थिए । यसअघि सरकारले देशभर भारी वर्षा हुने भएकाले विभिन्न सडक खण्डहरू अवरुद्ध हुने जनाएको थियो ।

सम्बन्धित समाचार