थापाथलीमा दुर्घटना हुँदा महिलाको निधन, धादिङका युवक पक्राउ

0 Shares

काठमाडौं । काठमाडौं महानगर ११ थापाथलीमा शनिबार भएको सवारी दुर्घटनामा महिलाको निधन भएको छ ।

माइतीघरबाट थापाथलीतर्फ जाँदै गरेको बा २८ प ४८६७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेस प्रदेश ००३–००१ क २५१९ नम्बरको पानी ट्याङ्करले ठक्कर दिएको थियो । घटनामा मोटरसाइकलमा सवार ६२ वर्षीय सरस्वती तुलाधरको निधन भएको हो ।

ट्याङ्करको ठक्करबाट घाइते उनको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । घट्टेकुलो निवासी मोटरसाइकल चालक ६९ वर्षीय ध्रुवराज तुलाधर घाइते भएका छन् ।

ठक्कर दिने ट्याङ्करका चालक धादिङ गजुरीका रामकुमार तामाङलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता विश्वराज खड्काले जानकारी दिए ।

सम्बन्धित समाचार