प्राध्यापकको हत्या गरी फरार युवा १७ वर्षपछि पक्राउ

0 Shares

काठमाडौं । प्रहरीले मीनभवन कलेजका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न अर्का युवकलाई पनि पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०६४ सालमा प्राध्यापक विष्टको हत्यामा संलग्न रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्राध्यापक विष्टले जिस्काउने गरेको भन्दै सविता थापाका भाइ विनोद थापासहितको समूहले विष्टलाई निर्घात कुटपिट गरी घाइते बनाएका थिए । यसपछि ०६४ असार २६ गते ललितपुरको शंखमुलमा फेला परेका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न सविता थापा र विनोद थापालाई प्रहरीले यसअघि पक्राउ गरिसकेको थियो । विनोद कैद सजाय काटेर जेलबाट छुटिसकेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले घटनामा संलग्नमध्ये रञ्जन घटनाका प्रमुख व्यक्ति रहेको खुलेको बताए । उनी भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए ।

सम्बन्धित समाचार