0
Shares
काठमाडौँ । एयर होस्टेजमाथि दुर्व्यवहार गरेपछि एक युवक पक्राउ परेका छन् । प्रहरीले श्री एयरलाइन्सकी एक एयर होस्टेजलाई दुर्व्यवहार गरेको आरोपमा एक जना यात्रुलाई पक्राउ गरेको हो ।
सोहि आरोपमा प्रहरीले शिवराज ओझालाई नियन्त्रणमा लिएको हो । ओझा कैलालीको गोदावरी नगरपालिका–१ का हुन्।
मंगलबार काठमाडौँबाट धनगढीका लागि उडेको विमानमा सवार यात्रुले सोहि विमानकी एयर होस्टेजमाथि दुर्व्यवहार गरेका थिए। प्रहरीका अनुसार उनले एयरहोस्टेजलाई दुर्व्यवहार गरेका थिए । त्यसपछि, विवाद बढ्दै गएपछि उनले विमानका अरू कर्मचारीलाई पनि दुर्व्यवहार गरेको बताइएको छ ।
प्रहरीले विमान धनगढीमा अवतरण भएपछि उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले अभद्र व्यवहार मुद्दामा उनीमाथि अनुसन्धान गरिरहेको छ ।