0
Shares
काठमाडौं । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ग ७ प ५३५३ नं को मोटरसाइकललाई बा प ४ ख २९०१ नम्बरको टिपरले मध्यपुरथिमि ४ नयाँ थिमिमा पछाडिबाट ठक्कर दिएको थियो ।
घटनामा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका १ घर भई हाल भक्तपुर कमलविनायक बस्ने अन्दाजी २१ वर्षीय सुभाष तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।
मोटरसाइकल पछाडि सवार काभ्रेपलाञ्चोक महाकाल गाउँपालिका ६ घर भई हाल कमलविनायक बस्ने २० वर्षीय सञ्जिव थापा मगरको मध्यपुर अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए ।
प्रहरीले दुर्घटनामा संलग्न टिपर र चालक काभ्रेपालञ्चोक मण्डनदेउपुर ६ बस्ने २८ वर्षीय राजकुमार राईलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको कार्कीले बताए ।